२० बैशाख २०८१, बिहीबार

मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविदहरुको आग्रह



काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको छ । आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना छ । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले बिहान देशभरको मौसम सामान्य बदलीको अवस्थामा रहेको साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !