१२ बैशाख २०८१, बुधबार

गुल्मीमा निषेधाज्ञामा कडाइ, यातायातका साधन सञ्चालनमा रोक

गुल्मीमा साउन ३२ गतेसम्म निषेधाज्ञाको अवधि लम्बाएको छ ।



गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले साउन ३२ गतेसम्म निषेधाज्ञाको अवधि लम्बाएको छ। बुधबार बसेको डिसीसीएमसीको बैठकले कडाइ गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

विभन्न चरणमा निषेधाज्ञा खुकुलो पार्दै जाँदा कोरोना संक्रमण बढ्न थालेपछि पुनः कडाइका गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ ।
थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साउन २५, २७ र २९ गते बिहान ६ बजेदेखि बिहान ९बजेसम्म बजेसम्म संचालन गर्न पाइनेछ । संक्रमण नियन्त्रणका लागि अत्यावश्यक बाहेकका अन्य सबै पसल पनि बन्द गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले बताएकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरु भने पूर्ण बन्द रहनेछन् । निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालवाहक गाडी पनि साउन २५, २७ र २९ गते मात्रै पाउने भएका छन् ।

निषेधाज्ञामा एम्बुलेन्स बाहेक मोटरसाइकलसहित र सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।



प्रतिक्रिया दिनुहोस !