१४ बैशाख २०८१, शुक्रबार

गाउँपालिका उपाध्यक्षको ससुराको मृत्युमा सार्वजनिक विदा



काठमाडौं । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले उपाध्यक्ष गीता तिम्सिना गौतमका ससुराको मृत्युमा सार्वजनिक विदा दिएको छ । उपाध्यक्ष गौतमका ससुरा कृष्णप्रसाद गौतमको मृत्युमा गाउँपालिकाले आज(शुक्रबार) सार्वजनिक विदा दिएको हो । उनको ससुराको ९६ वर्षको उमेरमा बिहीबार मृत्यु भएको थियो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत विष्णुप्रसाद पोखरेलले सूचना जारी गर्दै गाउँपालिकाका स्वास्थ्य संस्थाबाहेक सबै कार्यालय बन्द हुने जनाएका छन् ।गाउँपालिका अध्यक्ष यादव खापुङले गाउँ कार्यपालिका बैठकबाटै निर्णय गरेर सार्वजनिक विदा दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !