२० बैशाख २०८१, बिहीबार

किरण गजमेरले पाए ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि



काठमाडौं । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि युवा किरण गजमेरले हात पारेका छन् ।

झापाको खुदुनाबारीबाट पुनर्वासका क्रममा अमेरिका पुगेका गजमेरले ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि जितेका हुन् ।

टप-४ मा पुगेका अन्य तीन प्रतिस्पर्धी आर्यन राई, ज्वाला राई र तरा श्रीष मगरलाई पछि पार्दै सर्वाधिक भोटका आधारमा उनले उपाधि जितेका हुन् ।

उनी टिम प्रमोदबाट टप-४ मा पुगेका थिए । उपाधिसँगै किरणले २५ लाख रुपैयाँ पनि जितेका छन् ।



प्रतिक्रिया दिनुहोस !