७ बैशाख २०८१, शुक्रबार

तपाईँको आजको दिन कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल



वि.सं.२०७८ साल साउन २४ गते । आईतवार । ईश्वी सन् २०२१ अगष्ट ०८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– औशी, बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– तिष्य, बिहान ०९ बजेर ४६ मिनेट उप्रान्त अश्लेषा । योग– व्यातिपात, रातको ०१ बजेर १३ मिनेट उप्रान्त वरियान । करण– चतुष्पद, बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त नाग, बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि– कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेट । दिनमान ३३ घडी ०८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनी कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खेदकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिनेहरुका लागी समयले साथ दिनेछ भने चाहेको उपलव्धी हासिल गर्न सकिनेछ । उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुची बड्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेम प्रशङमा मनमुटाव हुने योग रहेकोछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । व्यापार व्यावसायमा आम्दानी कम हुनाले लगानी गरीहाल्ने समय रहेको छैन । संगित क्षेत्रमा भने समय राम्रो रहेकोछ । शुभचिन्तकको भावनालाई बेवास्ता गर्दा दुःख पाईनेछ । बोलेका कुरा पुरा गर्न नसक्दा अरुले अविश्वास गर्न सक्छन् ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममूखी काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्वसँग राय बाजिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तथा कामको शिलशिलामा विदेशी भूृमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने जागरी गर्नेहरुका लागी सयय उत्तम रहेकोछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने बाताबरण बन्नेछ । अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा यात्रा हुनेछ । राज्यको मेकानिजम्भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कष्टकर यात्रा नहोला भन्न सकिन्न । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । आफन्त तथा घर परिवारका मानिससँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । समयमा काम सम्पादन नहुँदा निरासा छाउनेछ । वन्द व्यापारमा मन्दी आउने तथा आर्थिक संकटको सामाना गर्नु पर्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविस्वास हुनेछ । शिक्षा तथा पढाइ लेखाइमा मन नजादा प्रतिस्पर्धीहरुभन्दा पछी परिनेछ । व्यापारमा मन्दी आउनेछ । खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव सिर्जना हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । विलाशी तथा भौतिक बस्तुका प्रयोग गर्न पाईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुने तथा व्यावसायकै शिलशिलामा यात्रा हुनेछ । प्रेमील जोडीहरुका लागी समयले साथ दिनेछ । बिद्या तथा कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) वादविवाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढे पनि उपलव्धी मुलक कामहरु हुनेछन् । प्रियजन भेट हुनुको साथै आथित्यपूर्ण सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागी यात्राको तय गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पती तथा उपाहार प्राप्तीको योेग भएपनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा मन नजादा महत्वपूर्ण उपलव्धीहरु गुम्न सक्छ ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।



प्रतिक्रिया दिनुहोस !