१४ बैशाख २०८१, शुक्रबार

कोरोनाप्रति अझै पनि गम्भीर नभए मृत्युपत्रमा सही गरे हुन्छः भीम उपाध्याय



काठमाडाै । पूर्वसचिव भीम उपाध्यायले कोरोना भाइरसप्रति अझै पनि मानिसहरु गम्भीर नबनेको बताएका छन्। सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन्। ‘कोरोनाले अब छिटो छोड्नेवाला छैन, सबै जना गम्भीर बन्न जरुरी छ।’ उनले भने ।

‘नत्र खति बेहोर्न तयार भए हुन्छ, मृत्युपत्रमा सही गरे हुन्छ। दोश्रो वर्षसम्म दोश्रो चरणको लहर भोग्दासम्म पनि नेपाली र नेपाल सरकार बेखबर छ, सुतिरहेको देखिन्छ। सबै परीक्षा प्रणाली पूरै रिभ्याम्प गरिहाल्नुपर्छ।’ उपाध्यायले भनेका छन्।

उनले हाम्रा यावत कार्यशैली परिवर्तन गरेर ‘क्रियटिभ ईनोभेटिभ’ हुनुपर्ने र त्यसो नगरे ठूलो खति बेहोर्न तयार हुनुपर्ने समेत बताएका छन्।

यस्तै उनले सबै परीक्षा प्रणाली पुरै ‘रिभ्याम्प’ गरिहाल्नुपर्नेसमेत बताएका छन्। डिजिटल प्रविधि भनेको अभौतिक कार्यशैली भएको भन्दै उनले यसमा जम्प गरिहाल्नुपर्ने सल्लाह दिएका छन्।

उनले भनेका छन्,

कोरोनाले हत्तपत्त पृथ्वीका मानिसलाई छाड्नेवाला छैन। हाम्रा यावत कार्यशैली परिवर्तन गरेर क्रियटिभ ईनोभेटिभ हुनुपर्यो। नत्र खति बेहोर्न तयार भए हुन्छ, मृत्युपत्रमा सही गरे हुन्छ। दोश्रो वर्ष सम्म दोश्रो चरणको लहर भोग्दा सम्म पनि नेपाली र नेपालको सरकार बेखबर छ, सुतिरहेको देखिन्छ। सबै परीक्षा प्रणाली पूरै रिभ्याम्प गरिहाल्नु पर्छ।

डिजिटल प्रविधि भनेको अभौतिक कार्यशैली हो, यसमा जम्प गरिहाल्नु पर्छ। विद्यार्थीलाई इन्टरनेट फ्रि गरिदिनुपर्छ र अनलाइन क्लास र परीक्षामार्फत सबै कुरा गर्न सकिने गरी ब्यवस्था मिलाउनुपर्छ। जमघट, आपसी दूरी, मास्क त अब दशकसम्म मान्छेको अभिन्न अंग हुनेछ।



प्रतिक्रिया दिनुहोस !