१२ बैशाख २०८१, बुधबार

आज दिउँसो २ मिनेट सित्तैमा पठाओ ट्याक्सी बुक गर्न सकिने



काठमाडौं । पठाओ कार लाइट (ट्याक्सी) को दोश्रो एनिभर्सरीका दिन आज पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ ।

दिउँसो २ बजे देखि दुई बजेर २ मिनेट सम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत कार लाइट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले नि:शुल्क ट्याक्सी चड्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

पछिल्लो समय काठमाडौंमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ । ८ हजार कार लाइट (ट्याक्सी) आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रूपमा सेवा प्रदान गरिरहेको बस्न्यात बताउँछन् ।

मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजको समेत व्यवस्था हुने भएकाले सुरक्षित हुने बस्न्यात बताउँछन् । पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ गर्नु पर्दैन ।

कोरोना कहरको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई मध्यनजर गरी पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बीचमा प्लास्टिक सिल्ड (पर्दा) समेत राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !