७ बैशाख २०८१, शुक्रबार

चितवनमा एसइईमा २४९ जनाले लिए चार जिपिए



भरतपुर । यसवर्षको एसइई परीक्षामा चितवनका २४९ जनाले चार जिपिए ल्याएका छन् । गत वर्ष चार जिपिए ल्याउने विद्यार्थीको संख्या २२९ थियो ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भूमिलाल सुवेदीले चार जिपिए ल्याउने विद्यार्थीको संख्या गत वर्षको तुलनामा बढेको बताए । उनले भने, ‘यसवर्ष थोरै जिपिए ल्याउने विद्यार्थी संख्या कम र धेरै जिपिए ल्याउने विद्यार्थी संख्या बढेको छ ।’

उनका अनुसार ३.७ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या यसवर्ष दुई हजार २९८ रहेको छ । सोहीबराबरको जिपिए ल्याउने गत वर्षको संख्या दुई हजार ७९१ रहेको थियो । ३.२ देखि ३.६ सम्म जिपिए ल्याउने विद्यार्थी यसवर्ष दुई हजार ८५९ रहेका छन् । सोहीबराबरको जिपिए ल्याउने गत वर्ष दुई हजार १७२ रहेका थिए ।

यस्तै, २.८ देखि ३.२ सम्म जिपिए ल्याउने विद्यार्थी संख्या यसवर्ष तीन हजार ५३० जना रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । यसवर्ष २ हजार ४३७ जनाले २.४ देखि २.८ सम्मको जिपिए ल्याएका छन् । ७७५ जना विद्यार्थीले २ देखि २.४ सम्मको जिपिए ल्याएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण यसवर्ष पनि एसइई परीक्षाको मूल्याङ्कन स्कुलले आन्तरिक तरिकाबाट गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !