१७ बैशाख २०८१, सोमबार

दुर्गेशले दिए प्रतिस्ठानलाई यस्तो जवाफ,१० मिनेटमै गीत हटाउन तयार



काठमाडाै । ‘बिच्च बिच्चमा ४’ बोलको तीज गीतमा प्रयोग गरिएको शब्दलाई लिएर गायक तथा मोडल दुर्गेश थापा विवादमा फसे । उनलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिसकेको छ । उसो त प्रतिष्ठानले दुर्गेशलाई साधारण सदस्य पनि नरहने बाहेक अन्य बुँदा समेत उल्लेख गरेर कारवाही गरेको थियो । तर, सामाजिक संजालमा चर्को विरोध भएपछि प्रतिष्ठानले बुँदा सच्चाएको थियो ।

यसैविच, गायक थापाले दर्शकसँग माफी मागेका छन् । आफ्नो नयाँ गीत ‘बिच्च बिच्चमा ५’को प्रमोशनका क्रममा दुर्गेशले दर्शकसँग माफी मागेका हुन् । उनले भने–‘आफूले प्रयोग गरेको शब्दबाट दर्शकको भावनामा ठेस लागेको छ भने म माफी माग्न चाहन्छु । ममा धेरै परिवर्तन आइसकेको छ । तर, कहिलेकाही चिप्लन्छु । मलाई माफी दिनुहोला ।’

तर, दुर्गेशले प्रतिष्ठानको कदममा भने आपत्ती जनाए । उनले भने–‘प्रतिष्ठानले ममाथि पूवाग्रही राखेर कारवाही गरेको छ । यदि, प्रतिष्ठानसँग जोडिएका सल्लाहाकारदेखि सदस्यहरुका छाडा भनिएका गीत युटुबबाट हटाइन्छ भने म मेरो गीत १० मिनेटमै युटुबबाट हटाउन तयार छु ।’



प्रतिक्रिया दिनुहोस !