११ बैशाख २०८१, मंगलवार

खोपको उचित व्यवस्था गरेर मात्र परिक्षा सन्चालन गरौं : अभियान्ता शाही



काठमाडाै । हामी नेपाली हाम्रो नेपाल अभियानका संयोजक ज्ञानेन्द्र शाहीले स्वास्थ भन्दा ठूलो कुनै परीक्षा नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त कुराको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ”सरकारले उचित भ्याक्सिनको व्यवस्था गरेर मात्र परीक्षा गर्न मिल्छ त्यसो गरौं।हाम्रा यो मुलुकका भबिस्यका कर्णदार विद्यार्थीहरुको जीवन नै रहेन भने परिक्षाको के काम ? परीक्षा बोर्डलाई विन्ती: बिना तयारीको परिक्षा रोकौं वा ईन्टरनेट सेवा सहज भएका ठाउँहरुमा अनलाइन बाट गराऔं।”
उनले स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो भन्दै र पढदै आएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !