१५ चैत्र २०८०, बिहीबार

नफेरियोस सम्बन्ध यो रहदा सम्म सास, शिर्षकमा भुसालको कविता



बिमला भुसाल (कविता )

भन्छिन मेरो चोखो माया ।
तिमी सधै देख्नु ।।
कहिले काही मेरो बारे
पनि केही लेख्नु ॥मेरा सबै अानी बानी।
उनले याद गर्छिन।।
झरेका ती अाँशु पुच्छन।
सधै अघि सर्छिन ।।

मुस्कुराउदा म ।
उनी खुसी हुन्छिन।।
मेरो आँशु झर्नु भन्दा।
पहिले उनी रुन्छिन।।

भन्छिन मेरो पिडाले।
उनलाई धेरै पोल्छ ।।
दुई दिन भेट नहुँदा।
तस्विर तिम्रो बोल्छ।।

आमा जस्तै मनको कुरा ।
सधै उनी बुझ्छिन।।
झरेका अाँशु खस्नु भन्दा।
पहिले उनी पुच्छिन।।

यो मुटुमा उनको लागि।
बनाइ दिए घर ।।
उनी सँग टाढा हुँदा।
मलाई नि उस्तै डर।।

यस्तै माया सधै भरि।
दिए मलाई पुग्छ।।
तिमीलाई चोट लाग्दा।
मलाई नि उस्तै दुख्छ ।।

असल मेरी प्यारी साथी ।
यो मनमा छ तिमीलाई बास।।
नफेरियोस सम्बन्ध यो।
रहदा सम्म सास।।
रहदा सम्म सास …….



प्रतिक्रिया दिनुहोस !