१२ बैशाख २०८१, बुधबार

पहिरो खस्दा कम्तिमा १३ जनाको मृत्यु



काठमाडौं । भारतको हिमाचल प्रदेशमा पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ ।

हिमाचल प्रदेश अन्तर्गत एक राजमार्गमा गाडीहरुमाथि पहिरो खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको र धेरै मानिसहरु हराइरहेकोे संचार माध्यमहरुमा जनाइएको छ । बुधवार डाँडाबाट खसेका ढुङ्गामाटोहरू एउटा ट्रक, एउटा बस र केही साना सवारीसाधनमाथि बज्रिएका थिए।
सरकारी अधिकारीहरूका अनुसार ढुङ्गामाटो खस्न नरोकिएकाले उद्धारकार्य प्रभावित भएको छ। भारतमा यो वर्ष मनसुनमा असामान्य रूपमा धेरै वर्षा भएकाले धेरै ठाउँ बाढी र भूस्खलनबाट प्रभावित भएका छन्।

बुधवार किन्नौर जिल्लामा भएको घटनामा १० जनाको जीवित उद्धार गरिएको छ। झन्डै ३० जना अझै पुरिएको अवस्थामा रहेको आशङ्का गरिएको स्थानीय विवरणहरूमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !