८ बैशाख २०८१, शनिबार

७० जनाभन्दा बढी शिक्षकहरु पक्राउ



 

काठमाडौं । विभिन्न माग राख्दै प्रधानमन्त्री निवास घेराउ गर्न गएका ७० भन्दा बढी शिक्षकहरुलाई प्रहरी नियन्त्रणमा लिएको महासंघले जनाएको छ ।
पटक–पटक आफ्नो मागका बिषयमा सरकारलाई जानकारी गराउदा पनि कार्यान्वयन नभएको भन्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले शुक्रबार प्रधानमन्त्री निवास घेराउ गर्ने तयारी गरेका थिए ।

प्रधानमन्त्री निवासतर्फ जादै गर्दा उनीहरुलाई काठमाडौंको नक्सालबाट प्रहरीले नियन्त्रणमा लिएको हो । संघीय शिक्षा ऐन जारी गराउने, न्यून तलबमा काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्घि गर्ने लगायत माग महासंघले राखेको छ ।

यस्तै शिक्षक, कर्मचारीलाई अविलम्ब कोभिड विरुद्घको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि बिमा र निःशुल्क उपचारको व्यवस्था गर्ने तथा हाल संस्थागत विद्यालयमा भएका शिक्षक कर्मचारी निष्कासन गर्ने कार्यलाई रोक्नेलगायतका माग पनि महासंघले अघि सारेको छ ।



प्रतिक्रिया दिनुहोस !