२० बैशाख २०८१, बिहीबार

मनसुनी वायु फेरि संक्रिय, अझै केही दिन वर्षा



काठमाडौं । मनसुनी वायु फेरि संक्रिय भएपछि अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ ।  वर्षा हुने क्रम अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही सदूरपश्चिम प्रदेश बाहेकका स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । अबको तीन दिनसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !