२० बैशाख २०८१, बिहीबार

किन छाड्न थालिन ऋचाले ‘कमेडी च्याम्पियन २’?



काठमाडाैं । अभिनेत्री ऋचा शर्माले लोकप्रिय शो ‘कमेडी च्याम्पियन २’ को कुर्सी छाड्ने भएकी छिन् । आफू आमा बन्ने मिति नजिकिएपछि उनले शो छाड्न लागेकी हुन् ।

ऋचा आफैँले शनिबार प्रशारण भएको शोमार्फत आफू अब निर्णायकको रुपमा नरहने बताएकी छिन् । आउँदो साता मात्र ऋचा शोमा उपस्थित हुनेछिन् । ऋचा सेप्टेम्बर महिनामा आमा बन्दै छिन् । ऋचा आमा बन्ने मिति नजिकिएपछि उनले शो छाड्न लागेकी हुन् । ‘कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !