११ बैशाख २०८१, मंगलवार

‘शान्तिपूर्ण सत्ता हस्तान्तरण हुन्छ’: अफगानिस्तानका गृहमन्त्री



काठमाडौं । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् ।

तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले सो कुरा बताएको समाचार अलजजिराले जनाएको छ ।

‘अफगान जनताले चिन्ता गर्नुपर्दैन।।। सहरमा कुनै हमला हुँदैन । संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुन्छ,’ रेकर्ड गरिएको सन्देशमा उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस !