६ जेष्ठ २०७९, शुक्रबार

काबुल विमानस्थलमा गोली चल्यो



काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलामा गोली चल्दा ३ जनाको मृत्यु भएको छ । विमानस्थलमा गोलाबारी कसले गर्यो भन्नेबारे केही नखुलाइएको बीबीसीले जनाएको छ ।

विमानस्थलमा धेरै भीड भएपछि यसअघि अमेरिकी सेनाले पटक पटक हवाइ फायर गरेका समाचारहरु बाहिरिएका थिए । आफ्ना नागरिकहरुको उद्धारका लागि भन्दै काबुल विमानस्थललाई अमेरिकी सेनाले नियन्त्रणमा लिएर राखेको छ ।

राजधानी शहर काबुल तालिबानीहरुले कब्जा गरेपछि त्यहाँका राष्ट्रपतिले आइतबार नै देश छाडेका छन् ।



प्रतिक्रिया दिनुहोस !