१६ चैत्र २०८०, शुक्रबार

काबुल एयरपोर्टको दर्दनाक भिडियो: उडिरहेको विमानबाट खसे तीन जना (भिडियोसहित)



 

काबुल । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै अन्य देशमा जाने एक मात्र विमानस्थ देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा मानिसहरुको भीड लागेको दृश्य सामाजिक सन्जालमा भाइरल भइरहेको छ।

धावनमागर्मा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरु दौडिरहेको भिडियोमा देख्न सकिन्छ । केही मानिसहरु विमानमा झुण्डिएको दृश्यहरु पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

तालिवानले सत्ता हातमा लिने तयारी गरिरहँदा हजारौँ अफगानिहरु अन्य देशमा आश्रय लिन काबुल विमानस्थलमा जम्मा भएका छन्।

उडिरहेको बिमानबाट तीन जना खसिरहेको दर्दनाक दृश्य पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

अमेरिकाको जस्तो देखिने विमानबाट उनीहरु खसको भिडियोमा देखिन्छ । उडिरहेको विमानबाट उनीहरु खसेको भिडियोमा देखिए पनि यसबारे विस्तृत विवरण आउन सकेको छैन ।

विमानबाट मानिसहरु खसेको दर्दनाक भिडियो यस्तो छ ः

 

 



प्रतिक्रिया दिनुहोस !