१२ बैशाख २०८१, बुधबार

३० करोड लगानीको चितवन गार्डेन रिसोर्ट सञ्चालनमा



चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित भरतपुर विमानस्थल छेउमै निर्माण गरिएको चितवन गार्डेन रिसोर्ट सञ्चालनमा आउने भएको छ ।

गत दसैंमा सञ्चालनमा आउने भनिए पनि कोरोनाका कारण निर्माण सम्पन्न नभएपछि अंग्रेजी नयाँ वर्ष अवसर पारेर रिसोर्ट सञ्चालनमा ल्याइन लागेको हो ।

भरतपुरमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा रिसोर्ट सञ्चालन गर्न लागिएको सञ्चालकहरूले जानकारी दिए ।

कार्यक्रममा रिसोर्टका प्रबन्ध निर्देशक तेजप्रसाद घिमिरेले कोरोना कहरबीच रिसोर्ट सञ्चालन गर्न सफल भएको बताए । ‘हामी दसैंमा सञ्चालन गर्ने सोचमा थियौं’, उनले भने, ‘रिसोर्ट निर्माण सामग्री अभावमा संरचना पूरा नहुँदा पछि धकेलिएको हो ।’

रिसोर्टको सम्पूर्ण निर्माण सम्पन्न गर्न ३० करोड रुपैयाँ लगानी भइसकेको उनले जानकारी दिए । रिसोर्टमा स्थानीय बैंकर्स, निर्माण व्यवसायीलगायत गरी ५५ जनाको लगानी छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।

साढे १७ कठ्ठा क्षेत्रफलमा अवस्थित यो रिसोर्टमा दुई अलग रेस्टुरेन्ट, एक हजार र दुई सय क्षमताको बेङ्क्वेट हल, ५० जनासम्म अट्ने सेमिनार तथा सभाहल रहेका छन् ।
रिसोर्टमा २८ वटा लक्जरी बेडरुम र अत्याधुनिक प्रविधिको स्विमिङ पुल रहेको प्रबन्धक घिमिरेले बताए । ‘रिसोर्टमा सबै समूहका लागि लक्षित पूर्ण पारिवारिक वातावरण हुनेछ । यहाँँबाट विमानस्थलका साथै पहाडको मनोरम दृश्यावलोकन गर्न सकिनेछ,’ घिमिरेले भने ।

रिसोर्टमा झन्डै ४० जनाले रोजगारी पाएको उनको भनाइ छ । यो समाचार आर्थिक अभियान दैनिकमा लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस !