१४ बैशाख २०८१, शुक्रबार

देशभर वर्षा हुन सक्ने, सतर्क हुन आग्रह



काठमाडौं । सोमबार र मंगलबार देशभर सामान्य बदली भई धेरै स्थानहरुमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान विभागले जनाएको छ । भदौ ७ गते सोमबार प्रदेश न १ को एक वा दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, सोही रातमा पनि प्रदेश नं २ का गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदुर पश्चिम प्रदेशका १ र २ स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । यसैगरी, मंगलबार प्रदेश न १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिमको एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

आगामी २४ घन्टामा प्रदेश न. १, गण्डकी, बाग्मतीका केही स्थानहरुमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भु–भागमा भु–क्षय, पहिरो तथा ग्रेगानको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सर्तकता अपनाउन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !