८ बैशाख २०८१, शनिबार

होबार्ट हरिकेन्स र सन्दीपबीच सम्झौता नवीकरण



काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर तथा ग्लोबल आइकन सन्दीप लामिछानेले अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) टोली होबार्ट हरिकेन्ससँग सम्झौता नवीकरण गरेका छन्।

गत वर्ष होबार्टबाट बीबीएल खेलेका सन्दीपले ८ खेलमा ८ विकेट लिन सफल भएका थिए। उनले आगामी ११औं सिजनको बीबीएल पनि होबार्टमै बिताउने पक्का भएको छ। होबार्टले ११औं सस्ंकरणको बीबीएलको लागि सम्झौता नवीकरण गरेको सन्दीप पहिलो विदेशी खेलाडी हुन्।



प्रतिक्रिया दिनुहोस !