१३ बैशाख २०८१, बिहीबार

विद्युत प्राधिकरणले देशभर ‘सहर उज्यालो कार्यक्रम’ लागुु गरेको



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका स्थानीय तहमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ । प्राधिकणको ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत स्थानीय तहमा स्मार्ट बत्ती जडान गरिने भएको हो ।रातको समयमा हुने आवतजावतमा सहजता ल्याउन, अँध्यारोमा घट्नसक्ने अप्रीय घटना न्यूनीकरण गर्न, रात्रिकालीन उद्योग तथा व्यापार व्यवसायहरू प्रवर्द्धन गर्न तथा सहरको सौन्दर्य अभिवृद्धि गर्न स्मार्ट सडक बत्ती आवश्यक हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै इच्छुक स्थानीय तहहरूलाई प्राधिकरणसँगको लागत साझेदारीमा स्मार्ट सडकबत्ती जडान कार्यक्रममा सहभागी हुनका लागि आह्वान गरेको छ ।

प्राधिकरणको सुचना अनुसार यसअघि देशका मुख्य सडकहरुमा स्मार्ट बत्ती जडान कार्य सम्पन्न भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !