१३ बैशाख २०८१, बिहीबार

आज मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन आह्वान



 

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेकोले आज मुलुकका विभिन्न क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन फेरि सक्रिय भएसँगै देशभर पानी परिरहेकोमा शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार राति पनि देशभर वर्षा हुनेछ । शनिबार धेरै स्थानमा वर्षाको सम्भावना छ। जसमा पनि प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीरधेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। धेरै भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !