८ बैशाख २०८१, शनिबार

शनिबारदेखि मौसममा क्रमिक सुधार हुने



गत बिहिबारदेखि सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ ।

शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी रहेकोले विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ ।

हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा जस्तै प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ ।

 



प्रतिक्रिया दिनुहोस !