१५ चैत्र २०८०, बिहीबार

तपाईँको आजको दिन कस्तो हुनेछ, हेर्नुहोस् राशिफल



मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरू समयमा सम्पन्न नहुँदा मानसिक तनाव बढ्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो परिवार) तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना घट्न सक्छ । प्रेममा एक अर्का बीच वैमनस्यता बढेर जाने योग रहेको छ भने जीवन साथीसँग अविश्वास बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा विजय हुने योग रहेको भने अन्य साथीहरूलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले पद पाउने समय रहेको ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) यात्रासँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पत्ति जुट्नुको साथै बिलासी जीवन व्यतीत गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु सङ्ग्रह गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना ऋणहरू सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रसङ्गमा एक अर्का बीच नजिक हुने तथा रमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा अरूभन्दा एक कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । बौद्धिक व्यक्तित्वहरु सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको । पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यवसाय फस्टाएर जानेछ भने छोटो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको । पुराना समस्याहरूलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरू सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ ।

मीन( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेको ।

 



प्रतिक्रिया दिनुहोस !