१२ बैशाख २०८१, बुधबार

हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको माग गर्दै राप्रपा सडकमा



काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितका माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो ।

काठमाडौंका विभिन्न स्थानबाट निकालिएको जुलुस प्रदर्शनीमार्गमा जम्मा भएर भद्रकाली, सहिदगेट, महाँकाल हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो ।

पार्टीले हिन्दुराष्ट्र र राजतन्त्रको पुनःस्थापनासहित भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्यालगायतका विषयको समाधान गर्न सरकारलाई दवाव दिन प्रदर्शन गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी गराए ।

विरोध जुलुसमा राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहित नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !