१३ बैशाख २०८१, बिहीबार

निरन्तरको झरीले सबैलाई सास्ती, कहिलेसम्म हुन्छ मौसममा सुधार ?



काठमाडौं । नेपालमा चार दिनदेखि लगातार झरी परिरहेको छ । गत हप्ताको सुरुवातीबाटै वर्षा भए पनि १० भदौदेखि त अबिरल वर्षा हुँदा तराईका विभिन्न जिल्लामा बाढी आएको छ । पूर्वपश्चिम राजमार्गका विभिन्न पुल भासिँदा यातायात पनि प्रभावित बनेका छन् । पहाडमा पहिरो खसेको छ ।जेठ अन्तिमबाट सुरु भएको मनसुनपछिको बाढीपहिरोमा हालसम्म ९० जनाको ज्यान गएको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ ।

अब कहिलेसम्म झरी पर्छ ? भन्ने हाम्रो प्रश्न छ । ‘हिजोअस्तीभन्दा आज (आइतबार)झरी केही कम भएको छ । तर, मंगलबारसम्म नै पानी पर्ने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘बर्खामा झरी नियमित प्रक्रिया हो ।’ न्यूनचापीय रेखा नेपालको तराई भूभागमा केन्द्रित हुँदा यसले बेसी पानी परेको उनले बताइन् ।

मंगलबारसम्म झरी केही कम भए पनि फेरि मनसुन सक्रिय हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका ७२ घन्टाको मौसम मात्र प्रक्षेपण गर्छ । तर, भारतको मौसम विज्ञान विभागको प्रक्षेपण र भूउपग्रहबाट प्राप्त तस्बिर आँकलन गर्दा मंगबारपछि फेरि मनसुन सक्रिय भएर झरी पर्न सक्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !