१६ चैत्र २०८०, शुक्रबार

परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति



काठमाडौँ। अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको हो । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो।सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्र तोकिएको ढाँचाले गुगल फारम भरी कुन माध्यमबाट जाँच दिने हो खुलाउनुपर्ने छ।विद्यार्थीको आवेदनबमोजिम परीक्षालाई व्यवस्थित, मर्यादित र आधारभूत मापदण्डअनुसार सञ्चालनका लागि समयतालिका सार्वजनिक गर्ने सहमति भएको हो।

पुस्तकालय, ई–पुस्तकालय, प्रयोगशाला, भौतिक संरचना निर्माण तथा स्तरोन्नति एवं सञ्चालनका लागि आर्थिक वर्ष २०७८७९ को बजेटमा व्यवस्था गरी कार्यान्वयनमा ल्याउने लगायत सात बुँदे सहमति तय भएको छ।

विभिन्न १९ बुँदे माग राखी विश्वविद्यालय अन्तर्गतका केन्द्रीय क्याम्पसहरुमा क्रियाशील विद्यार्थी सङ्गठनहरु ४५ दिनदेखि आन्दोलनमा थिए।



प्रतिक्रिया दिनुहोस !