१३ बैशाख २०८१, बिहीबार

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क हुन आग्रह



काठमाडौँ। गत शुक्रबार देखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै गएको छ ।

पूर्वी तराईको भूभाग नजिक रहेका मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने भएको छ ।

हाल देशभरका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहने छ । एक–दुर्ई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !