२० बैशाख २०८१, बिहीबार

नयाँ अवतारमा ज्योति मगर



काठमाडौं। नेपाली लोकदोहोरी क्षेत्रमा उत्तेजक प्रस्तुतिका कारण चर्चामा आउन सफल गायिका हुन् ज्योती मगर । हामी छोटा कपडा लगाएर अर्मयादित शब्द प्रयोग गरि गीत सार्वजनिक गर्ने गायिकाको रुपमा ज्योती मगरलाई चिन्छौ । स्टेज कार्यक्रममा त झन्, ज्योतीको गायकीको भन्दा हाउभाउ र पहिरनको चर्चा बढी हुने गर्छ । ज्योती पनि के कम, उत्ताउला पहिरन लगाएर दर्शकलाई मनोरञ्जन दिन खुब माहिर छिन् ।

ज्योती मगरका गीतलाई लिएर दर्शकको आलोचना र विवादमा मुसि रहेकि हुन्छिन् ।  पछिल्लो केही समयदेखि नेपाली लोकदोहोरी गीतले शैली फेरेको छ । प्रकाश सपुतदेखि विष्णु माझीका गाउँघरका भाका टपक्क टिपेर बनाइएका गीतले श्रोता तथा दर्शकका मन जितेका छन् ।

समय अनुसार बदलिनुपर्छ भन्ने सोच सायद, ज्योतीमा पनि आएको हुनुपर्छ । उनले हालसालै सार्वजनिक गरेको ‘माईतीको मया बरीलै’ले यो कुराको आभाष दिएको छ । शनिबारमात्रै सार्वजनिक गीतमा ज्योती मगरको शब्द, संगीत, स्वर एवं अभिनय छ ।

यसवर्ष उनका ‘पोई छैन जोई छैन’, ‘मितिनी’, ‘पर्दैन हेर्नलाई ऐना’, ‘घाघरु घोडा घोडा’, ‘बनारसी साडी’ लगायतका थुप्रै तीज गीत सार्वजनिक भैसकेका छन् । त्यसमध्ये आफ्नै लगानीमा बनेको फरक खालको ‘माइतीको मया बरिलै’ बोलको तीज गीत सार्वजनिक भएको छ। गीतमा तीजमा माईत जान नपाउँदाको चेलीको बेदनालाई मार्मीक रुपमा प्रस्तुत गरिएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !