८ बैशाख २०८१, शनिबार

काठमाडौंको फोहर आजदेखि यसरी उठ्दै, अटेरी गर्नेहरुमाथि बल प्रयोग



काठमाडौं । करिब एक महिनादेखि फोहोर उठ्न रोकिएपछि काठमाडौं महानगरपालिकाका घर,मुख्य सडक क्षेत्र र भित्रि गल्ली–गल्लीमा फोहोरको डंगुर थुप्रिएको छ । केही महिना अघि लकडाउनका कारण सुन्दर र सफा देखिएको संघीय राजधानी अहिले जहाँत्यहि फोहोरको डंगुरले कुरुप देखिएको छ ।

‘काठमाडौंमा फोहोर दिनदिनै उठेको छ । तर, जुन मात्रामा उठ्नुपर्ने हो त्यो भएको छैन । भोलिदेखि थुप्रिएको फोहोर उठान थाल्छौं,’महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले भने । सडक विभागले बञ्चरेडाँडासम्म पुग्ने बैकल्पिक बाटो निर्माण गर्ने र यसको खर्च महानगरपालिकाले व्यर्होने उनले बताए ।

फोहोरको पछिल्लो समस्या समाधान गर्न मंगलबार प्रमुख शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी,सडक विभागका महानिर्देशक,प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठक बसेको थियो ।
बैठकको निर्णयपछि उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर बुधबार विहान ६ बजेबाट उठ्ने प्रमुख शाक्यले बताए । यहि निर्णय अनुसार सडक विभागले काम अगाडि बढाएको समेत उनले जानकारी दिए ।

यसैगरी फोहोरको प्रतिवेदन पेश गर्ने संयोजक समेत रहनुएको खड्गीले वर्षाले गर्दा फोहोरले बनेको बाटो भासिएको कारण फोहोर उठ्न नसकेको बताए ।

‘२०६२ जेठ २२ गतेबाट सो क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थाल्दा साइटले तीन वर्षसम्म धान्ने अनुमान थियो,’ उहाँले भन्नुभयो,‘तर, आज १५ वर्ष भइसक्यो, सिसडोल ल्यान्डफिल साइटमै फोहोर व्यवस्थापन गरिँदै आएको । अब अर्को विकल्प खोज्न जरुरी छ ।’नगरप्रमुख शाक्यले भने

साथै फोहोरबाट पैसा कमाउन सकिने उनको तर्क छ । ‘कुहिने फोहोरले स्थानीय स्तरमै राम्रो कम्पोष्ट मल बनाउन सकिन्छ भने नकुहिने वस्तु प्रशोधन गरी पुनः अर्को वस्तु उत्पादन गर्न सकिन्छ,’ उपप्रमुख जोशीले भनिन्,‘तर काठमाडौ’ उपत्यका जस्तो सानो शहरमा पनि फोहोरमाथि राजनीति हुन्छ । निजी क्षेत्रको कमाई गर्ने थालो बन्छ । समास्य जस्ताको त्यस्तै हुन्छ । यसको जावाफ कस्ले दिने

महानगरले १५ दिनको सूचना निकालेर फोहोर घरमै राख्न निर्देशन दिएको थियो । एक महिनाभन्दा बढी समयदेखि फोहोर नउठेपछि अहिले काठमाडौंका घर, मुख्य सडक र गल्लीमा फोहोर थुप्रिएको छ । जसले गर्दा बाटो हिँड्नै सास्ति हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !