७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद् विस्तार गर्दै , कांग्रेस बाट को बन्दै छन् मन्त्रीहरु ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजको बैठक नियमित भएको र मन्त्रालयगत कामकारबाहीका विषयमा छलफल हुने स्र्रोतले जनाएको छ । साथै कांग्रेसले आफ्नो भागमा ६ मन्त्री पाएको यसअघि नै २ मन्त्री नियुक्त गरिसकेको छ ।

सम्भवतः शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ५१ दिनमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ भन्ने हल्ला पनि चलेकाे छ । रामचन्द्र पौडेल समूहबाट दीलेन्द्रप्रसाद बडूलाई मन्त्री बनाउन लागिएको छ । सोही समूहबाट तेजुलाल चौधरी वा प्रमोद यादवमध्ये एक राज्यमन्त्री हुने सम्भावना छ ।

कोइराला गुटबाट सुजाता कोइराला मन्त्री बन्दैछिन् । उनलाई दिइने जिम्मेवारीबारे भने निर्णय भइनसकेको बताइएको छ ।
कृष्णप्रसाद सिटौला समूहले भीमसेनदास प्रधान र गगन थापामध्ये एकलाई देउवा नेतृत्वको सरकारमा सामेल गराउँदैछ । देउवा सरकारमा यसअघि पनि सहभागी भइसकेका, काठमाडौंका रैथाने र जनजाति समूहका समेत रहेकाले प्रधानको पल्लाभारी हुने सम्भावना बढी छ ।



प्रतिक्रिया दिनुहोस !