१३ बैशाख २०८१, बिहीबार

घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला



सिरहा। नेपालसँग सिमा जोडिएको भारतीय बजार जयनगर नजिकै एक नेपाली युवकको शव फेला परेको छ ।

सिरहाको गोलबाजर नगरपालिका–४ निपनियाँका ४० वर्षीय दुखरण महराको शव भारत बिहारको मधुवनी जिल्लाको जयनगर बजार नजिकै रहेको खोलामा शव फेला परेको हो ।धारिलो हतियारले घाँटी रेटिएको र शरीरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा महराको शव फेला परेको हो । महराको शव जयनगरकै एक अस्पतालमा राखिएको थियो।

महराका जेठा छोरा विमलका अनुसार बिहीवार घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केका थिए। मृतक र मृतककी आमाबीच मोटरसाइकल किन्ने विषयमा विवाद समेत भएको थियो ।

आज बिहान बेवारिसे अवस्थामा शव भेटिएपछि भारतीय प्रहरीले उनको पकेटमा भेटिएको डायरीमा लेखिएको नम्बरको आधारमा मृतक नेपाली भएको पत्ता लगाएका थियो । भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर मृतकको परिवारलाई जानकारी गराएको हो ।



प्रतिक्रिया दिनुहोस !