२१ बैशाख २०८१, शुक्रबार

महामारीको अर्को रुप ‘स्क्रब टाइफस’



काठमाडौँ। कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको छ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन) को अवस्था पनि सिर्जना हुनसक्ने छ ।

यसका लक्षणहरु:

-स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने,
-आँखा रातो हुने,
-खोकी लाग्नु,
-वान्ता लाग्न,
-पेट दुख्ने,
-पखाला लाग्नु,
-सास फेर्न समस्या हुनु,
-धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु,
-बिमिरा देखिनु,
-टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।

कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्नुपर्छ । स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने भएकाले समयमा नै उपचार नगरे यसले गम्भीररुप लिन सक्छ ।

यसबाट बच्ने उपायहरु:

-किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने,
-शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने,
-घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने,
-वातावरण सफा राख्ने,
-मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !