१४ बैशाख २०८१, शुक्रबार

५१ किलो गाँजासहित चार जना पक्राउ



चितवन। चितवनबाट ५१ किलो गाँजासहित चार जनालाई पक्राउ गरिएको छ ।

रत्ननगर नगरपालिका १५ का २७ वर्षीय सोनाम वाइबा, कालिका नगरपालिका ८ का २५ वर्षीय विमल तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका ८ का २० वर्षीष राजकुमार तामाङ र चितवन राप्ती नगरपालिका १ का २० वर्षीय मिनराज घलान पक्राउ परेका हुन्।

चारै जनालाई प्रहरीले हिरासतमा लिई अनुसन्धान गरिरहेको छ। वाइबा र तामाङ रात्रि बसमा काठमाडौंबाट शुक्रबार चितवन आइरहेका थिए। घलान भने ना२ह ५८८० नम्बरको अटो चालक हुन्। उनको अटोबाट प्रहरीले ३५ किलो गाँजा भेटेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !