१५ चैत्र २०८०, बिहीबार

किन, कोभिड लागेको व्यक्तिको कपाल धेरै झर्छ ?



कपाल हाम्रो शरीरको अभिन्न अंग हो। कोभिडको दोस्रो लहरपछि बिरामीको कपाल अत्यधिक मात्रामा झरेको देखिन्छ।

अहिलेको पुस्तामाझ कपाल झर्ने रोग अत्याधिक मात्रामा देखिएको छ । कपाल झर्ने सबैभन्दा महत्वपूर्ण कारण वंशाणुगत हो। त्यसमा पनि आमा गोताको नाताबाट धेरै कपाल झर्ने समस्या आएको हुन्छ। वंशानुगत कारणले कपाल झर्दा निधार, तालु र टुप्पीबाट झर्छ। १५ देखि ३५ वर्षको उमेरमा कपाल झरेको छ भने त्यो वंशानगुत कारणले हुन्छ। तर त्यो उमेर भन्दा अघि वा पछि चाहिँ शारीरिक तथा मानसिक तनावको कारणले गर्दा पनि कपाल झर्छ।

कोभिड लागेका व्यक्तिमा कपाल झर्ने समस्या धेरै देखिएको छ। कोभिडले शरीरलाई गाह्रो हुन्छ। ८० प्रतिशतभन्दा बढीलाई कोभिडमा लक्षण नै देखिँदैन। तर कोभिड(१९ ले निकाल्ने केमिकलहरू भने सबैमा निस्किन्छ। जसले गर्दा कपाल झर्छ।

महिलामा महिनावारीको कारण, आइरन, भिटामीन बी(१२) र भिटामीन डीको कारणले कपाल झर्ने समस्या देखिएको छ। बाथ रोगको कारणले पनि असर कपाल झर्न सक्छ । थाइराइड र गर्भवती भएको बेलामा पनि कपाल झर्ने समस्या हुन्छ।

दिनमा सय वटासम्म कपाल झर्नु सामान्य हो। हजुरहरु कसैमा यदि कपाल झर्ने समस्या छ भने छाला रोग विशेषज्ञकहाँ गएर समयमा नै कपाल झर्नुको कारण पत्ता लगाएर कारण अनुसारको उपचार गर्नुपर्छ। कतिपय अवस्थामा रगतको परीक्षण गरेर समेत कपाल झर्ने समस्याको उपचार गर्न सकिन्छ। खाने र लगाउने औषधिको प्रयोगबाट कपाल झर्ने समस्याको उपचार गर्न सकिन्छ।

 



प्रतिक्रिया दिनुहोस !