आहा! रङ्गीबिरङ्गी छाताले सजियो संकटा क्षेत्र (फोटो फिचर)
काठमाडौं । काठमाडौं राजधानीको संकटा क्षेत्रमा रङ्गीबिरङ्गी छाता राखेर सजाइएको छ ।
संकटा क्षेत्रको सौन्दर्य र आकर्षणका लागि स्थानीयबासी, संकटा क्लव र वडाको सहकार्यमा सो छाता राखिएको हो ।
काठमाडौँको न्यूरोड गेटबाट संकटा मन्दिरसम्म विभिन्न रङ्गीबिरङ्गी छाताहरुले बाटो सजाउन राखिएको छ । रंगीविरंगी छाता राख्ने काम सोमबारबाट शुरु भएको र सो काम बुधबार सकिएको स्थानीयले जानकारी दिए ।