१५ चैत्र २०८०, बिहीबार

तोक्यो, ६ प्रदेशमा प्रदेश इन्चार्ज



काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले छ वटा प्रदेशमा प्रदेश इन्चार्ज तोकेको छ ।

एकीकृत समाजवादीले प्रदेश एकमा घनेन्द्र बस्नेत, प्रदेश दुईमा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपानेलाई जिम्मेबारी दिएको छ । त्यस्तै गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन । त्यस्तै, उपत्यका विशेष प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल र जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङलाई जिम्मेबारी दिएको छ।

सदूरपश्चिम प्रदेशमा गरिमा शाहको नाम प्रस्ताव गरिए पनि अन्तिम टुँगो लाग्न बाँकी रहेको बताएईको छ । एकीकृत समाजवादीले विभागीय जिम्मेवारी समेत बाँडफाँड गरेको छ ।

एकीकृत समाजवादीको मोर्चा इञ्चार्जमा विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाहलाई चयन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !