१४ बैशाख २०८१, शुक्रबार

संखुवासभामा ६ जनाको सामूहिक हत्या



संखुवासभा । संखुवासभा सामूहिक हत्या प्रकरणमा ६ जनाको शव चार ठाउँमा भेटिएको छ । त्यही आधारमा अनुसन्धानमा संलग्न अधिकृतहरुले उनीहरुको हत्या लखेट्दै लखेट्दै भएको हुन सक्ने आशंका गरेका छन् ।

घटनास्थलमा मादी नगरपालिका–१, खोलागाउँस्थित घरबाट ५० मिटर पर रहेको खोल्सामा दुई जना महिलाको शव भटिएको छ । घरबाट माथि पट्टी दुई जना बच्चाको शव भेटिएको छ भने खोल्साबाट २५ मिटर पर पुरुषको शव भेटिएको छ । घरभित्र अर्की एक महिलाको शव भेटिएको छ । ‘ठाउँठाउँमा चप्पल पनि भेटिएका छन्, भाग्दा फुस्किएको हुनसक्छ ।

हत्याको कारण भने खुल्न सकेको छैन । कुकुरसहितको टोली पुगेपछि जाँच गरेर मात्रै विस्तृत अनुसन्धान हुनेछ।

घरमा एक जना वृद्ध सकुशल भेटिएका छन् । राम्रोसँग कान नसुन्ने उनी अर्धबेहोसी अवस्थामा रहेकाले उनीबाट कुनै पनि किसिमको जानकारी पाउन सकिएको छैन।



प्रतिक्रिया दिनुहोस !