१६ चैत्र २०८०, शुक्रबार

नेपाली काँग्रेस र नेकपा एमाले आज किन बैठक बस्दै छन् ?



काठमाडौं। बुधबार बस्ने संसद बैठकलाई मध्यनजर गर्दै नेपाली काँग्रेस र नेकपा एमालेको आ–आफ्नो संसदीय दलको बैठक बोलाइएको छ ।

नेपाली काँग्रेसले संसदीय दलको बैठक आज २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाएको छ। बैठकमार्फत संसदमा पार्टीका सांसदहरुले खेल्ने भूमिकाका बारेमा छलफल हुने छ । संघीय संसदका दुवै सदनको बैठक बुधबार अपरान्ह चार बजेका लागि बोलाइएको छ । सत्तापक्ष र प्रतिपक्ष बीचको सम्बन्धमा चिसोपना आइरहेका बेला बस्न लागेको बैठकमा सरकारले बजेट परिमार्जन गर्ने अध्यादेश लैजाँदैछ ।

संसद बैठकमा प्रमुख प्रतिपक्ष एमाले कडा ढंगले प्रस्तुत हुने तयारी गरेकाले सत्तापक्ष त्यसमा कसरी सामना गर्ने भन्ने रणनीतिमा लागेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !