२५ बैशाख २०८१, मंगलवार

पर्दामा एकसाथ देखिदैँ पूजा र पुष्प



काठमाडौं। अहिले चर्चामा आउन सफल नायिका पूजा शर्मा र नायक पुष्प खड्काले चलचित्र ‘अझै पनि’मा एकसाथ काम गरेका छन् ।

यो चलचित्रमा एकसाथ काम गरेपनि यी दुइले पर्दामा रोमान्स भने गरेका थिएनन् । चलचित्रमा पूजाले कलाकार सुदर्शन थापासँग जोडी बाँधेकी थिइन् । पुष्प भने सुदर्शनको साथीको रुपमा देखिएका थिए । यो चलचित्रमा एकसाथ काम गरेपछि पूजा र पुष्पले चलचित्रमा सहकार्य गरेका छैनन् । यतिमात्र होइन, यी दुई म्युजिक भिडियोमा समेत सर्वाधिक व्यस्त हुँदा पनि एकसाथ काम गरेका छैनन् ।

तर, केही बर्षपछि फेरि पूजा र पुष्प नजिक देखिएका छन् । एकसाथ म्युजिक भिडियो र चलचित्रमा काम नगरेपनि पुष्प र पूजा मिल्ने साथी भने भएका छन् । पुष्प भन्छन्–‘सायद, कुनै धमाकेदार प्रोजेक्टमा एकसाथ काम गर्नका लागि हामीलाई एकसाथ आउन समय लागेको हुनुपर्छ । तर, दर्शकले चाडै नै हामीलाई पर्दामा देख्न पाउनुहुनेछ ।’

पूजा पनि पुष्पको काम गर्ने तरिका र मिहिनेतको कदर गर्छिन् । भन्छिन्–‘हामीले चलचित्र ‘प्रेमगीत’मा नै पुष्पसँग काम गर्ने बिषयमा कुरा गरेका थियौं । तर, सो समयमा विविध कारणले सहकार्य हुन पाएन । अब, चाडै नै दर्शकले हामीलाई एकसाथ पर्दामा देख्नुहुनेछ ।’

चलचित्र र भिडियोमा नै पुष्प र पूजा पहिलो नम्बरको रोजाइका कलाकार हुन् । दर्शकले पनि यी दुइलाई एकसाथ पर्दामा हेर्न प्रतिक्षा गरिरहेका छन् ।
दर्शकको यो इच्क्षा अब चाडैँ नै पुरा हुने तयारीमा छ ।

 



प्रतिक्रिया दिनुहोस !