११ बैशाख २०८१, मंगलवार

आमा बनिन् अभिनेत्री ऋचा शर्मा



काठमाडौं। अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । गत वर्ष दीपेक्ष विक्रम राणासँग विवाह गरेकी ऋचाले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् ।

शल्यक्रियापछि बच्चा जन्मिएको हो । बच्चाको तौल तीन किलो एक सय ग्राम छ । सामाजिक सञ्जालमा ऋचाको श्रीमानले छोरा काखमा लिएको फोटो अपलोड गरेका छन् ।

ऋचा पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’मा निर्णायक सदस्य थिइन् । चिकित्सकको सल्लाह अनुसार नै ऋचा गत साताको एपिसोडमा उपस्थित भएकी थिइनन् ।



प्रतिक्रिया दिनुहोस !