१६ चैत्र २०८०, शुक्रबार

खुल्यो मनकामना मन्दिर



गोरखा। नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ ।

कोभिड–१९ सङ्क्रमण जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको थियो ।

मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । आज बिहान नियमित रूपमा गरिने नृत्य पूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ । पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ ।

मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइएको छ ।

चार महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौँ भक्तजन पूजापाठका लागि आएका छन्। मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका व्यवस्थासमेत गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !