८ बैशाख २०८१, शनिबार

व्रत बस्दा के कस्ता खानेकुरा खाँदा राम्रो



हामी प्राय:  सामाजिक रुपले सोच्ने गर्छौ कि व्रत बस्नु अन्धविश्वास हो तर शारिरीक रुपले सोच्ने हो भने हप्ताको १ पटक व्रत बस्नु राम्रो हो ।

सामान्तया व्रत बस्दा व्यक्तिको प्रकृति हेरेर खानेकुराहरू खानुपर्ने हुन्छ । अधिकांश व्रतालुलाई जुस र फलफूल खाँदा फाइदा हुन्छ । व्रतमा सबैभन्दा धेरै कागती, मह, पानी प्रयोग गरिन्छ, जो स्वास्थ्यका हिसाबले एकदम राम्रो र सुरक्षित पनि हुन्छ । फलाहारमा मुख्यत केरा, मेवाजस्ता फलफूल मिसावट गरेर सलाद बनाएर खाँदा उत्तम हुन्छ ।

स्वस्थ व्यक्तिले कति समयको फरकमा कस्तो व्रत बस्नु उचित हुन्छ ? कति दिनको फरकमा के खाएर व्रत बस्ने ?

व्रतको धेरै फाइदा हुने भएकाले हरेक व्यक्तिले पटक–पटक आफूलाई मिल्दो समयमा जुस वा फलाहारसहितको व्रत बस्नु उचित हुन्छ । हाम्रो मानव स्वास्थ्य पाचन प्रक्रियामा निर्भर गर्ने गर्छ । हाम्रो पाचन प्रक्रिया जति बलियो र स्वस्थ्य रहन्छ, त्यति नै हामी स्वास्थ्य रहन्छौँ । जथाभावी खानेकुराले हाम्रो पूरै पाचन प्रणालीमा गडबड हुन्छ र हामी रोगी हुन्छौँ । त्यसैले हामीले खाने खानेकुरा पनि शुद्ध र स्वच्छ हुन जरुरी छ ।

तर, अहिले धेरै मिठो र छिटोको लागि बजारमा पहिने फास्टफुड, जंक फुडहरूको प्रयोग बढेको छ, जुन शरीरलाई हानिकारक मात्रै नभई विभिन्न रोगको कारक बन्न पुग्छ ।

त्यसैले हामीले पेटलाई सफा र पाचन प्रणालीलाई बलियो बनाउन पनि कम्तीमा हप्ताको एकपटक उपवास वा व्रत बस्न जरुरी छ । हप्तामा एकपटक व्रत बस्दा सकेसम्म जुस वा कागती, महको जुस खाएर बस्दा उत्तम हुन्छ । नसक्नेले फलफूल खाएर बस्दा स्वस्थकर मानिन्छ ।

 



प्रतिक्रिया दिनुहोस !