११ बैशाख २०८१, मंगलवार

गायक राजु चौधरीको निधन



बिर्तामोड। बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीको आज निधन भएको हो। उनी ब्लड क्यान्सरबाट ग्रसित थिए ।

राजुको बिहिबार राती रक्तचाप अत्यन्त न्यून भएको र सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको रगतमा अत्यधिक संक्रमण भएका कारण औषधीले पनि राम्रोसँग काम गर्न सकेको थिएन ।

राजुलाई थप उपचारका लागि १० दिन अघि भारतको दिल्लीस्थित बीएलके–म्याक्स अस्पताल पुर्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !