१३ बैशाख २०८१, बिहीबार

नेपालमा संक्रमित दर घट्दै



काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपालमा लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित फेला परेका हुन् । शनिबार ९९४ जना संक्रमित थपिएका थिए । हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यही अवधिमा १४२३ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । कोभिड–१९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुनेको कूल संख्या १० हजार ९४९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १० हजार ४४९ जनाले खोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !