१५ चैत्र २०८०, बिहीबार

सभामुखले बोलाएका सर्वदलीय बैठकमा किन गएनन् ओली ?



काठमाडौं। आज साढे दुई बजे बस्ने सर्वदलीय बैठकमा संसदीय दलका नेता केपी शर्मा ओली नजाने भएका छन् ।

संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । सभामुख सापकोटाले एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गरेका थिए ।

सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिइनन् ।

 

 



प्रतिक्रिया दिनुहोस !