११ बैशाख २०८१, मंगलवार

शेयर बजारमा झिनो सुधार



काठमाडौं । नेप्सेमा सोमबार झिनो वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको बजार सोमबार भने शून्य दशमलव २७ अंकले मात्र बढेको छ ।

अघिल्लो साता निरन्तर घटेको बजारमा यो साताबाट भने लगानीकर्तामा उत्साह फर्किएको देखिएको छ । किनकि साताको पहिलो दिनबाटै कारोबार रकम ९ अर्ब नाघेको छ । सोमबार समेत कारोबार ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । सोमबार बजार २९४७।६९ बिन्दुमा पुगेको छ । यो वृद्धि ०।०१ प्रतिशत मात्र हो ।

सबैभन्दा बढी कमाउनेमा निर्जीवन बीमा कम्पनी रहे । सोमबार अजोड इन्स्योरेन्सको मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस !