१३ बैशाख २०८१, बिहीबार

दुलन फर्काउन माइती पुगेकी पवित्रा सेतीको खोचमा वेपत्ता



तनहुँ। तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा टिकटक बनाउन लाग्दा वेपत्ता युवती पवित्रा लम्सालको स्थिति अझै अज्ञात छ । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

उनी नदीको खोचतिर बढेको र साथीहरुले नजान भनेको भिडियो सार्वजनिक भएको छ । दुईजना साथी उनी सँगै थिए । उनीहरु चिच्याएर नजान भनिरहेको सुनिन्छ । साथीहरु चिच्याउँदा पनि उनी मानेकी थिइनन् ।

५ दिन अघि विवाह गरेर माइती पुगेकी किशोरी वेपत्ता भएकी छिन् । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने सेती नदीमा घटना भएको हो । ६ दिनअघि मात्र विवाह गरेकी १९ वर्षीया पवित्रा दुलन फर्काउन माइतीघर गएकी थिइन् । त्यहाँबाट उनी दुई साथीलाई लिएर रक गार्डेन पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । भिडियोमा पवित्रालाई लाछी भन्छन् भन्दै नदीमा नजान भनिएको सुनिन्छ । उनी भिडियो बनाउँदै गर्दा खसेकी थिइन् ।

पवित्राको शुक्ला ८ लालिम माइती घर हो । भीमाद १ मा उनको ६ दिनअघि विवाह भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !