१५ चैत्र २०८०, बिहीबार

मधुमेह कम गर्ने एक घरेलु उपाय



यजेन्सी। पछिल्लो दुई वर्षमा विश्वभर मधुमेहका रोगीको संख्या बढ्न थालेको छ । बढ्दो उमेरका मानिसहरु मात्र नभइ बालबालिका र युवावस्थाका व्यक्तिहरुमा समेत मधुमेहको चपेटामा पर्ने गरेका छन् । मधुमेहका रोगीहरुले खानपानमा सबैभन्दा बढी ध्यान दिन आवश्यक छ ।

रगतमा चिनीको मात्रा कम गर्नका लागि एउटा फाइदाजनक फल हुन्छ। मधुमेहका रोगीलाई कटहरले फाइदा गर्छ । काँचो कटहर होस् वा पाकेको होस् यसले मधुमेहका रोगीलाई फाइदा गर्ने गर्छ ।

अन्तर्राष्ट्रिय पत्रिका ‘नेचर’ मा छापिएको एउटा अध्ययनले मधुमेहलाई नियन्त्रण गर्न कटहर निकै महत्वपूर्ण मानिन्छ । कटहरले ७ दिनमा रगतमा ग्लुकोजको मात्रा घटाउँछ । चामल र गहुँको सट्टामा कटहर मधुमेहका लागि फाइदाजनक हुन्छ ।

पश्चिमी देशहरुको तुलनामा भारत तथा नेपाल जस्ता देशहरुमा ३० प्रतिशत व्यक्तिहरुमा मोटोपनका कारण मधुमेह हुने गरेको पाइन्छ । अध्ययनका अनुसार कटहरको आटाले रगतमा चिनीको मात्रा कम गर्नुका साथै ग्लाइसेमिकलाई पनि नियन्त्रण गर्छ ।

कटहरको आटा तयार गर्नका लागि यसको भित्रको दानालाई राम्रोसँग सुकाउने र त्यसको बाहिरको बोक्रा फालेर कटहरको बीजलाई पिसेर आटा तयार गरेर अन्य आटामा मिसाएर पनि खान सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !